दफा
कार्यकारी निर्देशकः

६. कार्यकारी निर्देशकः

(१) अस्पतालको प्रशासकीय प्रमुखको रुपमा कार्यकारी निर्देशक रहनेछ ।
(२) कार्यकारी निर्देशकको नियुक्ती समितिले गर्नेछ । तर यो आदेश प्रारम्भ भएपछि पहिलो पटकलाई नेपाल सरकारले कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको चिकित्सक वा घसरकारी वा गैर सरकारी क्षेत्रका अस्पताल व्यवस्थापक भई काम गरेको व्यक्तिलाई कार्यकारी निर्देशकको पदमा एक अवधिको लागि खटाउन वा नियुक्त गर्न सक्नेछ ।  (२क) उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम खटिएको वा नियुक्त भएको कार्यकारी निर्देशकको कार्यसम्पादनको स्तर सन्तोषजनक रहेको देखिएमा नेपाल सरकारले पुन अर्को एक अवधिको लागि निजलाई खटाउन वा नियुक्त गर्न सक्नेछ ।

(३) समितिले देहायको योग्यता पुगेको व्यक्तिलाई कार्यकारी निर्देशकको पदमा नियुक्त गर्नेछ ।
द्द   तेस्रो संशोधनद्वारा संशोधित ।
घ   दोस्रो संशोधनद्वारा संशोधित ।
द्ध   चौथो संशोधनद्वारा थप ।

(क) स्वास्थ्य क्षेत्रमा कम्तीमा छपन्ध्र वर्ष कार्य गरेको ।
(ख) चिकित्साशास्त्र वा अस्पताल व्यवस्थापन विषयमा स्नातकोत्तरको शैक्षिक उपाधि हासिल गरेको ।
(ग) पैतालिस वर्ष उमेर पूरा भएको ।

(४) कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ ।
(५) अस्पतालको दैनिक प्रशासन सञ्चालन गर्ने र समितिले गरेको निर्णयको कार्यान्वयन गर्ने गराउने कर्तव्य कार्यकारी निर्देशकको हुनेछ ।
(६) कार्यकारी निर्देशकको नियुक्ति, पारिश्रमिक, सेवाका शर्त र सुविधा तथा काम, कर्तव्य र अधिकार सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ । कार्यकारी निर्देशकको पारिश्रमिक, सेवाका शर्त र सुविधा नतोकिएसम्म नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।